७८ जना न्यायाधीश छानबिनको घेरामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

७८ जना न्यायाधीश छानबिनको घेरामा

cholendra-jabara

काठमाडौं, १४ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन् । न्याय सम्पादन त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन् ।

काज सरुवा गरिएका न्यायाधीशमा चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल रहेका छन् । ढकाल र बागचन्दलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास र पोखरेललाई उच्च अदालत जनकपुरको राजविराज इजलास सरुवा गरिएको छ ।

उनीहरूलाई आइतबार नै काज सरुवा गर्न निर्णयसहितको पत्र सर्वोच्च अदालतबाट प्राप्त भएको न्याय परिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए । उनले सरुवाको बोधार्थ न्याय परिषद्मा प्राप्त भएको पनि बताए ।

भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतका न्यायाधीश निष्पक्ष हुनुपर्नेमा बिचौलियासँग सम्पर्कमा रहने र भ्रष्टाचारका ठूला मुद्दामा धमाधम धरौटीमा छुट्ने क्रम बढ्न थालेपछि प्रधानन्यायाधीश जबराले काज सरुवा गरेको स्रोतले बतायो । काज सरुवा हुने न्यायाधीशलाई पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीको कार्यकालमा नियुक्ति गरिएको थियो ।

भ्रष्टाचारका ठूला मुद्दा विचाराधीन रहेको अवस्थामा न्यायाधीशहरूको काज सरुवा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष अदालतमा कर फछ्र्याेट आयोगका सदस्य सचिव चुणामणि शर्मा, पप्पु कन्स्ट्रक्सन, पोलिमर नोट प्रकरण, राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलगायतका ठूला भ्रष्टाचार काण्डका मुद्दा विचाराधीन छन् ।सर्वोच्च अदालतको पद बहालपछि प्रधानन्यायाधीश जबराले न्यायालयभित्रको बेथिति हटाउनका लागि सूक्ष्म अनुगमन थाल्दै आएका छन् । न्यायालयमा न्यायाधीशबाटै बेथिति भएको निष्कर्षसहित उनले कार्यसम्पादन मूल्यांकन हेरेर न्यायाधीशको काज सरुवा र स्पष्टीकरण लिइरहेका छन् । न्यायपरिषद् सचिवालयले न्याय सम्पादनमा गम्भीर त्रुटि गर्ने ७८ जना न्यायाधीशविरुद्धको उजुरीका विषयमा छानबिन सुरु गरेको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);