दुर्घटना न्युनिकरण गर्न डिजिटल ट्राफिक बोर्ड जडान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दुर्घटना न्युनिकरण गर्न डिजिटल ट्राफिक बोर्ड जडान

digital traffic board

बटुकनाथ झा

धनुषा,  १३ फागुन । जनकपुरधाम आसपासमा सडक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले डिजिटल ट्राफिक बोर्डको जडान गरिएको छ । प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा जडित डिजिटल ट्राफिक बोर्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।

प्रदेश २ को राजधानी जनमपुरधाममा ट्राफिक व्यवस्थापनका लागि सोमबारदेखि डिजिटल ट्राफिक बोर्ड सञ्चालनमा ल्याइएको छ । राजधानी भएपश्चात जनकपुरधाममा सवारी साधनको आवतजावत बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारले डिजिटल बोर्डको व्यवस्था गरेको हो । अहिले जनकपुरधामको पिडारी चोक, रामानन्द चोक, जिरोमाईल, मुरली चोक र भानुचोक गरी पाँच ठाउँमा डिजिटल बोर्ड जडान गरिएको छ ।

ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले डिजिटल बोर्डले सवारी दुर्घटना नियन्त्रणमा सहयोग पु¥याउने बताए । उनले दुर्घटनालाई कम गर्न चालक र यात्रुहरुले नै शुरुमा आफ्नो सुरक्षाको लागि सतर्क रहन समेत अनुरोध गरे ।

धनुषा जिल्लामा प्रत्येक महिना औषत ५ जनाको दरले सवारी दुर्घटनामा ज्यान गुमाने गरेका छन् । धनुषाका ट्राफिक प्रमुख दिपक साहका अनुसार धनुषामा सवारी दुर्घटनालाई न्युनिकरण गर्न धनुषा ट्राफिक प्रहरीले विशेष योजना बनाई काम गरिरहेको छ ।

डिजिटल ट्राफिक बोर्डको सञ्चालनसँगै धनुषाको ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ । तर, ट्राफिक प्रहरीहरुले भने दुर्घटनाहरुलाई कम गर्न चालक तथा यात्रुहरु नै सचेत हुनुपर्ने कुरामा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);