सरकारले जनताको जमिन एकीकरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सरकारले जनताको जमिन एकीकरण गर्ने

padma kumari aryal

काठमाडौं, १२ फागुन । सरकारले ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादन वृद्धि गर्न सरकारले उत्पादनयोग्य ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारिएको जानकारी दिइन् ।

आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयको भावी योजनाबारे ब्रिफिङ गराउँदै उनले कृषि उत्पादन बढाउन सरकारले हैसियत बिग्रेका वनको जमिन र सरकारी–सार्वजनिक जमिनलाई पनि उपयोगमा ल्याउन सकिने स्पष्ट पारिन्।

मन्त्री अर्यालले कृषि उत्पादन बढाउन सरकारले उर्वर जमिन बाँझो राख्न नपाउने प्रावधान सहितको कानुनी व्यवस्था गर्न लागिएको बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);