प्रदेश १ : मुख्यमन्त्रीको उम्मेद्वारमा गोपाल किराती सिफारिस | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

विराटनगर, १६  भदौ । माओवादी केन्द्र एक नम्बर प्रदेशको बैठकले गोपाल किरातीलाई प्रदेशको मुख्यमन्त्री उम्मेद्वार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ। माओवादी केन्द्य्रको मंगलबार सम्पन्न प्रदेश सचिवालय बैठकले प्रदेश इन्चार्ज रहेका नेता किरातीलाई मुख्यमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले प्रदेश निर्वाचनका लागि घोषणापत्र पनि पारित गरेको छ।

 

यसैगरी नेता किरातीको संयोजकत्वमा सुरेश राई, शिवकुमार मण्डल, मुक्साहाङ मेन्याङबो र १४ जिल्लाका इन्चार्ज रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेको प्रदेश संयोजक सावित्रीकुमार काफ्लेले जानकारी दिए।

 

काफ्लेका अनुसार सचिवालय बैठकले प्रदेशको पार्टी संगठन विभाग, जनवर्गीय संगठन विभाग र मोर्चा संगठन विभाग गठन गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको सचिवालयको आगामी १६ र १७ भदौमा बस्ने बैठकपछि थप उपसमिति निर्माण गर्दै पूर्ण रपले निर्वाचनमा होमिने संयोजक काफ्लेले बताए। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);