सांगठनिक एकता टुंग्याउन गठित नेकपाको कार्यदल भंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सांगठनिक एकता टुंग्याउन गठित नेकपाको कार्यदल भंग

nekapa

काठमाडौँ, १० फागुन । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ ।

सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने जिम्मा शीर्ष नेताहरु रहेको सचिवालय आफैले लिएको छ । बिहीबार सचिवालय बैठकमा संयोजक रामबहादुर थापाले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता थप समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नु पर्ने धारणा राखेका थिए ।

तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरे र बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको हो । कार्य दलको काम सचिवालय आफैले गर्ने र स्थायी कमिटि बैठक बोलाएर निर्णय लिने गरी कार्य दल विघटन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलको म्याद थप गरि एकहप्तामा सबै काम सक्ने विषयमा अधिकांश कार्यदल सदस्यको एकमत देखिएपनि अध्यक्ष ओलीले प्रस्ताव अस्वीकार गरेपछि कार्यदल भंग भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);