देशको विकास देखेर केही पक्षले आतंक फैलाएको प्रधानमन्त्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

देशको विकास देखेर केही पक्षले आतंक फैलाएको प्रधानमन्त्रीको आरोप

डडेलधुरा, ७ फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीले देशको विकास देखेर केही पक्षले आतंक फैलाएको आरोप लगाएका छन् । मंगलवार कैलाली जिल्लाको सहजपुरबाट डोटीको बोग्टान क्षेत्र हुँदै दिपायल पुग्ने सडकको शिलान्यास कार्यक्रमका बोल्दै प्रधानमन्त्री ओलीले सरकारको काम देखेर जनतामा उत्साह छाएको देखेर केही पक्षले आतंक फैलाउने कोशिस गरेको बताए ।

प्रधानमन्त्री ओलीले डोटीको बोग्टान क्षेत्र हुँदै दिपायल जोड्ने सडक ३० महिनामा कालोपत्रे भई गाडी कुद्ने समेत बताए । उनले चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रशारण लाइनसम्म जोड्ने डडेल्धुरामा निर्माण भएको विद्युत सव स्टेशनको समेत उद्घाटन गरे ।

यता, डडेल्धुराको स्याउलेमा रहेको सब स्टेशनको उदघाटन गर्न जाने क्रममा नेपाली कांग्रेसका कार्यकर्ताद्वारा निर्मला पन्तको हत्यारालाई कारवाहीको माग राख्दै प्रधानमन्त्रीलाई कालो झण्डा देखिएका थिए । प्रहरीले कालो झण्डा देखाउने ९ जना नेपाली कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिई ३ धण्टा पछी छोडेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);