राजस्व लक्ष्य पु-याउन सामान लिलामीदेखि राजस्व नीति संशोधन गर्नेसम्म सरकारकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, ७ फागुन । चालू आर्थिक वर्षको पहिले ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ । पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब रुपैयाँमात्रै संकलन भएको थियो ।

अहिलेकै अवस्थामा राजस्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएपछि केही विकल्पका आधारहरु खोजेर भए पनि लक्ष्यअनुसार राजस्व असुली गर्न प्रभावकारी उपाय अबलम्बन गर्ने तयारीमा अर्थ मन्त्रालय पुगेको छ । यद्यपि तय गरिएका आधारहरुबाट समेत लक्ष्य भेटाउन कठिन भएमा वा नपुग्ने अवस्थ सिर्जना भएमा चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत राजस्वको लक्ष्य संशोधन गर्ने मनस्थितिमा सरकार पुगेको स्रोतको दाबी छ ।

यस अघिका वर्षहरुमा आर्थिक वर्षको पुस मसान्तसम्म यति धेरै ‘ग्याप’ हुँदैनथ्यो, यसपटक मध्यावधिसम्म २७ अर्बको ग्याप छ यस्तो अभ्यासले लक्ष्य भेटाउन कठिन भयो, त्यसैले पनि सरकारले यो लक्ष्य भेटाउन थप गृहकार्य गर्न लागिएको हो,’ स्रोतले भन्यो । यो समाचार कारोबार दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);