एजेन्सी, १५ भदौ । स्पेनमा हरेक वर्ष मनाईने ‘टोमाटिनो’ फेस्टिबल यो वर्ष पनि धुमधामले मनाईएको छ ।
स्पेनको बुनोल सहरमा बुधबार सो फेस्टिबल सम्पन्न भएको हो । यो फेस्टिबलमा एक आपसमा पाकेको गोलभेँडा हानाहान गरेर रमाईलो गर्ने गरिन्छ ।
यस पटकको टोमाटिनो फेस्टिबलले भने विश्वकीर्तिमान नै कायम गर्न सफल भएको छ । यस पटकको यो पर्वमा १ सय ६५ टन गोलभेँडा आपसमा हानाहान गरिएको थियो ।
यो पर्वमा विशेष गरेर ब्रिटेन, जापान र अमेरिकाका पर्यटकको आकर्षण रहने गरेको बताईन्छ । यो वर्ष ७२औँ टमाटिनो फेस्टिबल मनाईएको हो ।