काठमाडौं, ३ फागुन । सरकारले काठमाडौंको तिनकुनेमा ग्याँस उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उक्त ठाउँमा ग्याँस उत्खनन्का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तीको कामलाई अघि बढाइएको जानकारी दिए ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा मन्त्री यादवले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्याँसको सम्भाव्यता खानी तथा भूगर्भ विभाग रहेको तिनकुनेबाट उत्खनन् कार्यलाई अघि बढाउन लागिएको बताए ।
मन्त्री यादवले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको पुष्टि गर्दै सो फलाम खानी उत्खनन्को काम पनि सुरु गर्ने योजना रहेको बताए ।