‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित

काठमाडौं, ३ फागुन । संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गरेको सो विधेयक बहुमतले पारित गरिएको हो ।

विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीहरुको संघमा सरुवा हुन नपाउने व्यवस्था गरिएको छ । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा व्यापक छलफल भई सर्वसम्मतिले पारित भएकाले यसमा कुनै समस्या नरहेको दावी गरे ।

उनले सो विधेयकले कर्मचारीहरुको वृत्ति विकासमा कुनै समस्या नपार्ने पनि बताए । विधेयकमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, सरिता गिरीलगायतका सांसदहरुले स्थानीय तहको स्विकृति विनानै विधेयक तयार गरेको भन्दै फिर्ता लिन माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);