७८ लाख घुस प्रकरणका आयुक्त पाठकले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

७८ लाख घुस प्रकरणका आयुक्त पाठकले दिए राजीनामा

Raj Narayan pathak

काठमाडौं, ३ फागुन । घुस प्रकरणमा तानिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै घुस लिएको समाचार सार्वजनिक भएपछि विवादित बनेका आयुुक्त पाठकले शुक्रबार पौने १२ बजे राष्ट्रपति कार्यालयमा राजीनामा दर्ता गराएका हुन् । नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद सम्बन्धी मुद्दा मिलाई दिने भन्दै पाठकले पटक पटक गरि ७८ लाख घुस लिएको समाचार बाहिरिएको थियो ।

सत्तारुद्ध नेकपाले आयुक्त पाठकविरुद्ध शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका समाचार पनि सार्वजनिक भएका थिए । पाठकले महाअभियोग छल्न त्यसअघि नै राजीनामा बुझाएका हुन् । चार वर्ष अघि पाठकलाई तात्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँगै नियुक्त गरिरिएको थियो । पाठक लोकमान निटक भएर काम गरेका आयूक्तका रुपमा चिनिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);