काठमाडौं, २ फागुन । सरकारले शारिरीक सुगठनका लागि विश्वविजेता खेलाडी महेश्वर महर्जनलाई पाँच लाख पुरस्कार प्रदान गर्ने भएको छ । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जनही ५ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषदले गरेका निर्णयवारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एबं संचार तथा सूचना प्रबिधि मन्त्री गोकूल बास्कोटाले राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकलाई ३ लाख र अरुलाई २ लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरिएको पनि जानकारी दिए ।
त्यसैगरी, मन्त्रीपरिषद् बैठकले नेपाल दुरसंचार प्राधिकरणको कार्यबाहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई दिएको छ । सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा सुवाष सिटौलालाई नियुक्त गर्ने र नेपाली सेनाका ५ जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।