सरकारको एक बर्ष : 'संघीयता, सुशासन र समृद्धिको आधार' | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

सरकारको एक बर्ष : ‘संघीयता, सुशासन र समृद्धिको आधार’

काठमाडौं, २ फागुन । सरकारले एक बर्षे कार्यकालको प्रगती विवरण सार्वजनिक गरेको छ ।  प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो एक बर्षे कार्यकालको प्रगती विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मत्रीपरिषद्को कार्यालयबाट बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै वर्तमान सरकारको एक बर्ष संङघीयता, सुशासन र समृद्धिको आधार बर्ष भएको प्रधानमन्त्रीले स्पष्ट पारे ।

आफ्नो नेतृत्वको एक बर्षको अवधिमा विकासका लागि कैंयौ आधार श्रृजना भएको भन्दै उनले यस बर्षलाई विकासको आधार बर्ष भएको दाबी गरे । उनले लगानी प्रवर्द्धनका लागि उपयुक्त वातावरण बनेको, उर्जा उत्पादन तथा प्रशारणका लागि ठूला परियोजनाहरु निर्माण गरिएको, उद्योग स्थापनाका लागि आधार तयार भएको तथा सडक निर्माण लगायतमा उल्लेख्य प्रगती हासिल भएको दाबी गरे ।

शुसासनका संयन्त्रहरु क्रियाशिल रहेको भन्दै उनले भ्रष्टाचारमा साविति बयान दिनेहरुले नै सरकार विरुद्ध औला ठड्याउने काम गरको दाबी गरे । नौ/नौ महिनामा सरकार फेरिरहने बानी परेकाहरुलाई आफ्नो बानी सुधार्न आग्रह गरे । उनले भने “अब सरकार फेरिँदैन त्यसैले अब बानी फेर्नुपर्छ ।”

निर्वाचन पछिको पहिलो बर्षलाई आफुले संविधान कार्यान्वयनका लागि संरचनागत व्यवस्थापन र समृद्धिको आधार बर्षको रुपमा लिएको उनले उल्लेख गरे । संविधानमा लेखिएका विषय गीतका शब्द जस्तो नभएको भन्दै उनले कानुन बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गरे । प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन भएको र सहभागीतामुलक शासकिय प्रणालीको आधार तय भएको बताए ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल २२ घण्टा संञ्चालन भएको तथा मुलुकभरका विमानस्थलमा भएको प्रगती, जलविद्युत् आयोजनाहरुको निर्माण कार्य र प्रगती, सडक विस्तार र स्तरोन्नती, पक्की पुल, झोलुङगे पुल, रेल मार्ग निर्माण, तुईन विस्थापन लगायतको फेयरिस्त पनि प्रस्तुत गरे ।

उद्योग क्षेत्रमा पनि उल्लेख्य प्रगती हासिल भएको भन्दै उनले नवलपरासीको धौवादीमा भौगर्भिक भण्डार क्षेत्र फेला परेको, विशाखा पटनम बन्दरगाह, पेट्रोलिय पाईपलाईन विछ्याउने काम लगायतको सूची नै प्रधानमन्त्रीले प्रस्तुत गरे ।

छिमेक नीति र परराष्ट्रनीतिमा उल्लेख्य परिर्वतन भएको भन्दै उनले ‘सबैसंग गहिरो मित्रता कसैसंग पनि छैन शत्रुता’ भन्ने नाराका साथ सरकार अघि बढेको स्पष्ट पारे । उद्योग तथा पर्यटन क्षेत्रको विस्तार र विकास, धान मकै लगायत तरकारीको उत्पादन, खाद्यान्न संकट हुने जिल्लामा यसबर्ष खाद्यान्न संकट नभएको, कृषि आधुनिकीकरण अन्तरगतका कार्यक्रम, साना किसानको ऋण मिनाहा, बैदेशिक रोजगारीमा जानेको संख्यामा कमि आएको, रेमिट्यान्स वृद्धि भएको देखि बाघको संख्या बढेको समेत प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या शिघ्र समाधान गरिने उल्लेख गर्दै उनले यसबर्ष ३ सय ९ वटा खानेपानी योजना निर्माण भईसकेको स्पष्ट पारे । डिजिटल नेपाल अभियानलाई अघि बढाईएको, यो बर्षमा मात्रै १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएको उनले बताए । प्रधानमन्त्री ओली नेतृत्वको सरकार २०७४ फागुन ३ गते गठन भएको थियो ।