मेलम्चीको बाँकी काम ‘सिएमसी’ बाटै गराउँदा फाइदा : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

मेलम्चीको बाँकी काम ‘सिएमसी’ बाटै गराउँदा फाइदा : मन्त्री मगर

काठमाडौं, २ फागुन । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेकी छन् ।

मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने बताइन् । बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले सो कम्पनीले तीर्न बाँकी नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको बताइन् ।

सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुको ३ अरव बढि भुक्तानी गर्न बाँकि छ । मन्त्री मगरले सो कम्पनी पुनः फर्केर नआए निर्माण व्यवसायीहरुको भुक्तानी रकम असुल गराउन कानुनी बाटो नभएकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

मन्त्री मगरले सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुलाई ठगी गरेको अरर्बौ रकम असुली गर्ने कानुनी बाटो देखाई दिन पनि समितिलाई आग्रह गरिन् । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएको सिएमसी कम्पनी आर्थिक अभावको कारण देखाउँदै सो काम छोडेर हिँडेको छ ।

मन्त्री मगरले सो कम्पनीले काम नगरे अन्य कम्पनीलाई लगाउन सरकार तयार भएपनि त्यसका लागि आवश्यक निर्देशन दिन पनि समितिको ध्यानाकर्षण गराइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);