रुस इन्टरनेटबाट बाहिरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रुस इन्टरनेटबाट बाहिरिने

russia

काठमाडौं, २ फागुन । भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ ।

यसको परीक्षण अप्रिल अगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुस भित्रै हेरिने छ ।

गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन हुनका लागि आवश्यक प्राविधिक परिवर्तनका लागि अधिकार प्रदान गरेको छ ।

मस्यौदा कानुनलाई संशोधन गर्नका लागि अप्रिल १ को समय दिइएको छ । यो मस्यौदालाई डिजिटल इकोनोमी नेसनल प्रोग्रामको नाम दिइएको छ । तर, परीक्षणको समय अझै तय हुन बाँकी रहेको डेली मेलले बताएको छ ।

यो खबर आजको कारोबारमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);