मुलुकको समृद्धिका लागि खनिज पदार्थकोे योगदान महत्वपूर्ण | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

मुलुकको समृद्धिका लागि खनिज पदार्थकोे योगदान महत्वपूर्ण

girirajmani pokhrel

काठमाडौं, २८ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि खनिज तथा यसमा आधारित खानीहरुले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

सोमवार त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रिय विभागले आयोजना गरेको भूविज्ञान प्रदर्शनीमा बोल्दै मन्त्री पोखरेलले ‘सुःखी नेपाली समृद्ध नेपाल’ बनाउने सरकारको विराट अभियानमा खनिज तथा यसमा आधारित खानीहरुले उल्लेख्य योगदान दिन सक्ने उल्लेख गरे । उनले भूगर्भ शास्त्रीहरुलाई भूकम्पीय जोखिम न्यूनिकरणका लागि आवश्यक सुझाव सरकारलाई दिन पनि आग्रह गरे ।

मन्त्री पोखरेलले भूवनावटको जोखिमलाई अध्ययन गरेर मात्रै भवन निर्माणको कामलाई अघि बढाउन सबैलाई अपिल गरे । प्रर्दशनीमा भूकम्पीय जोखिम र यसको न्यूनिकरणका उपायबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको जनाइएको छ ।