एनसेल कर छली प्रकरण : सरकार र शीर्ष नेता नै कर असुलीको बाधक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एनसेल कर छली प्रकरण : सरकार र शीर्ष नेता नै कर असुलीको बाधक (भिडियोसहित)

ncell

काठमाडौं, २८ माघ । देशको बागडोर समालेका व्यक्तिहरु नै आर्थिक प्रलोभनमा परिदिँदा राज्यले कतिसम्मको नोक्सानी व्यहोर्नुपर्छ भन्ने कुरा एनसेल कर प्रकरणबाट स्पष्ट भएको छ । जनताले बाख्रा र कुखुरा पालेर जिविकोपार्जन गर्दा पनि ढाडै सेक्ने गरी कर उठाउने राज्य अर्बौको कर छलीमा भने नदेखे जस्तो गरी आँखा बन्द गर्दाे रहेछ । एनसेलको ८० प्रतिशत सेयर होल्डर कम्पनिले राज्यका व्यवस्थापीका,कार्यपालिका र न्यायपालिका सबैलाई यसरी घुमायो की करोड भित्राएर खर्बौ बाहिराउदा पनि कसैले चाल पाउन सकेनन् । राज्यलाई लाभकर नदिई गएको एनसेलको ८० प्रतिशत सेयर होल्डर टेलियासोनेरा कम्पनी सजिलै तरीकाले उम्कनुमा ठुलै राजनितीक संरक्षण देखिन्छ । यस्तै विषयमा आधारित कार्यक्रम ‘मिसन न्यूज’ हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);