काठमाडौं भित्रका नौं वटा नगरपालिकालाई १/१ करोड हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं भित्रका नौं वटा नगरपालिकालाई १/१ करोड हस्तान्तरण

काठमाडौं, २७ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका नौं वटा नगरपालिकालाई १/१ करोड रकम हस्तान्तरण गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नौं वटा नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तरगत १/१ करोड रकम हस्तान्तरण गरेका हुन् ।

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम हस्तान्तरण गरेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । सम्झौता अनुसार महानगरपालिकाले हरेक वर्ष सो परियोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ ।

दिइएको बजेट तोकिएको परियोजनामा खर्च नगर्ने नगरपालिकाले महानगरपालिकालाई व्याजसहितको रकम बुझाउनुपर्ने सर्त छ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाले सबै नगरपालिकासँग सहकार्य गरेर काठमाडौं महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन हरेक नगरपालिकासँग साझेदारी कार्यक्रम नै संचालन गरेको उल्लेख गरिन् । काठमाडौं महानगरपालिकाले यस अघि नै टोखा नगरपालिकालाई १ करोड रकम हस्तान्तरण गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);