वीर अस्पतालमा क्यान्सरको उपचार अब अत्याधुनिक प्रविधिबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वीर अस्पतालमा क्यान्सरको उपचार अब अत्याधुनिक प्रविधिबाट

bir hospital

काठमाडौं, २७ माघ । क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ । भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो ।

२० वर्षपहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सररोगीलाई रेडियोथेरापी सेवा पूर्ण रूपमा बन्द भएको थियो । टोमोथेरापी नेपाल भित्रिएको तीन महिना भइसके पनि वीरमा बिग्रिएको कोबाल्ट हटाउन नसक्दा प्रयोगमा ल्याउन सकिएको छैन । सोमबार कोबाल्ट हटाएर केही दिनमै टोमोथेरापी जडान गर्ने तयारी भइरहेको वीरका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले बताए ।

अमेरिकी प्रविधियुक्त टोमोथेरापी ४० करोडमा खरिद गरिएको हो । ‘टोमोथेरापीले क्यान्सरको ट्युमरमा मात्रै विकिरण फाल्छ । एक बिरामीलाई थेरापी दिन १५ मिनेट समय लाग्छ,’ उनले भने, ‘वीरमा दैनिक ६५ जनासम्म क्यान्सरका बिरामीलाई सेवा दिनुपर्ने हुन्छ । यसकारण जनशक्ति नथप्दा भने सेवा प्रवाहमा समस्या हुन सक्छ ।’

सुरक्षाका लागि टोमोथेरापी सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा राखिएको छ । भारतीय कम्पनी बिग्रिएको कोबाल्ट मेसिन लैजान तयार भएपछि उपकरण र जनशक्ति नेपाल आइसकेका छन् । मेसिन बोक्ने ट्रेन सोमबार वीरमा आइपुग्नेछ । रेडिएसनले असर गर्ने भएकाले कम्पनीले भारत नै लगेर कोबाल्ट नष्ट गर्न लागेको हो ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);