प्रधानमन्त्री पदमा थाइ राजकुमारी राजकन्या उम्मेदवारी, विश्वभर चर्चा | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

प्रधानमन्त्री पदमा थाइ राजकुमारी राजकन्या उम्मेदवारी, विश्वभर चर्चा

thai princess

काठमाडौं, २५ माघ । राजतन्त्र भन्ने वित्तिकै त्यो नागरिक अनुमोदन भन्दा पनि बंशीय उत्तराधिकारबाट शासन गनेए व्यवस्था भनेर बुझिन्छ । तर, यो मान्यतालाई थाइ राजकुमारी उबोलरत्ना राजकन्याले खण्डित गरिदिएकी छन् । राजकुमारी उबोलरत्ना आगामी मार्च १४ मा हुने निर्वाचनाका लागि प्रधानमन्त्रीकी उम्मेदवार बनेकी छन् ।

एक दशक अघिसम्मको नेपाल जस्तै दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्ड संवैधानिक राजतन्त्र भएको मुलुक हो । रातन्त्रात्मक मुलुकमा बंअनुसार नै पद आउने भएकाले पनि राजपरिवारका सदस्य देशको सक्रीय राजनीतिमा सहभागी हुँदैनन् । तर थाइल्याण्डकी राजकुमारी उबोलरतना राजकन्याले आउने मार्च २४ मा हुने निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेर तरंग ल्याइदिएकी छन् । स्वर्गीय राजा भूमिबोल अदुल्यादोजकी छोरी ६७ वर्षीया उबोलरतना निर्वासनमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीकी उम्मेदवार बन्न लागेकी हुन् । थाइल्याण्डमा शुक्रबारसम्म हरेक दलले आफ्ना प्रधानमन्त्री उम्मेदवारका नाम निर्वाचन आयोगमा बुझाउनु पर्ने थियो ।

सिनावात्राको थाई रक्षा चार्ट पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा उबोलरतनाको नाम पठाएको छ । उसले प्रधानमन्त्रीको उम्मेदवारीका लागि राखेको प्रस्ताव राजकन्याले स्वीकार गरेको भन्दै आफूले उपयुक्त उम्मेद्वार छानेको दावी गरेको छ । पार्टीका नेता प्रीचापल पोङपानिचले आफ्नो पार्टी विधिको पक्षधर भएको भन्दै राजकन्याका लागि कुनै विशेष अधिकार र सुविधा नहुने स्पष्ट पार्नुभयो। राजसंस्थासम्बन्धी कानुनले राजपरिवार कुनै सदस्यको विरोध गर्न नपाइने भएपनि उम्मेदवार बनेपछि उनको हकमा यो लागू हुन्छ कि हुदैन भन्ने अन्योल बढेको छ ।

उबोलरतनाको उम्मेदवारीले सन् २०१४ मा सैन्य कू मार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई आगामी चुनावमा धक्का लाग्ने देखिएको छ । उनी जुन्तासमर्थक पालाङ प्रचारत पार्टीबाट प्रधामन्त्री उम्मेदवार बनेका छन् । राजकुमारी उबोलरतना अहिलेसम्म पार्टीकी सदस्य छैनन् । उनले सांसदका लागि उम्मेद्वारी पनि दिएकी छैनन् । थाइल्याण्डको संविधानअनुसार सांसद नहुँदा पनि प्रधानमन्त्री बन्न पाइन्छ । अमेरिकी नागरिक पिटर जेन्सनसँग विवाह गरेपछि सन् १९७२ मा उबोलरतनाले थाई राजपरिवारको उपाधि त्यागेकी थिइन् ।

१९९८ मा उनको पिटरसँग सम्बन्धविच्छेद भयो त्यसको तीन वर्षपछि उनी स्वदेश फर्किएकी हुन् । सन् १९३२मा संविधानले राजसंस्था आलंकारिक बनाएपछि थाई राजपरिवारका कुनै पनि सदस्यले सक्रीय राजनीतिमा आएका छैनन् र चुनाव पनि लडेका छैनन् । उबोलरतनाले उम्मेदवार बन्न सिनावात्राको पार्टीलाई छानेकाले पनि धेरैले यसलाई आश्चार्य मानेका हुन् । प्रहरी सेवाबाट टेलिकम व्यवसायी हुँदै राजनीतिमा होमिएका सिनावात्रा थाई जनतामा निकै लोकप्रिय छन् । सन् २००१ एता भएका सबै चुनावमा उनको पार्टीले बहुमत ल्याएको छ ।

तर, दुई पटक भएका सैन्य कूबाट प्रधानमन्त्रीलाई हटाइएको छ । सन् २००६ मा भएको सैन्य कूपछि सिनावात्रा निर्वासनमा गए । त्यसपछि उनका ज्वाइँ सोम्चाई वोङसवात सन् २००८ मा प्रधानमन्त्री बने । सन् २०११ मा सिनावात्राकी बहिनी यानलक सिनावात्राले प्रधानमन्त्री जितिन् तर सन् २०१४ को सैन्य कूबाट उनलाई पनि हटाइयो । उनी प्रधानमन्त्री हुँदा अनुदानको चामल कार्यक्रममा मुद्दा लगाएर उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्यसयता सिनावात्रा दाजु बहिनी दुबै निर्वासनमा छन् ।

प्राय उनीहरू युएईको दुबई बस्ने गरेका छन् । थाइ राजकुमारी उबोलरत्नाको उम्मेदवारीले थाइल्याण्डमा मात्र नभएर विश्व भर चर्चा पाएको छ । नेपालमा राजतन्त्र अन्त्य भएको एक दशक पुरा हुँदा समेत राजपरिवारका सदस्यहरुले अहिलेसम्म सक्रीय राजनीतिमा हात हालेका छैनन् । उबोलरत्नाको उम्मेदवारी नेपालका पूर्वराजपरिवारका सदस्यहका लागि एउटा पाठ बन्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);