ब्राजिलको फुटबल क्लबमा आगलागी: १० खेलाडीको जलेर मृत्यु, तीन घाईते | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

ब्राजिलको फुटबल क्लबमा आगलागी: १० खेलाडीको जलेर मृत्यु, तीन घाईते

firing-at-football-club-brazil

काठमाडौं, २६ माघ । ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । राजधानी रियो दी जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबको एकेडेमीमा भएको आगलागीमा परी फुटबलरसहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ६ युवा खेलाडी र ४ जना क्लबका कामदार छन् । आगलागीमा परी तीन खेलाडी घाईते भएका छन् ।

उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ । ब्राजिलको सबै भन्दा ठूलो क्लबसमेत रहेको फ्लामेङ्गो अहिले ब्राजिलमा जारी सिरि ए तालिकामा दोस्रो स्थानमा छ । क्लबले पाँच पटक लिग जितेको छ । साथै अन्तर्राष्ट्रिय स्तरमा समेत प्रसिद्ध छ । ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);