रामनगरमा संचालित होटलका खानेकुरा दुषित र मापदण्ड विपरीत | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

रामनगरमा संचालित होटलका खानेकुरा दुषित र मापदण्ड विपरीत

hotel anugaman chitwan

प्रनिश थापा
चितवन, २३ माघ । खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले रामनगर क्षेत्रका होटलहरुको अनुगमन गरेको छ । रामनगरमा रहेका प्राय होटलका खानेकुरा दुषित र मापदण्ड विपरीत भएको पाइएको छ ।

चितवन, रामनगर क्षेत्रमा संचालित होटलहरुको खाना गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले अनुगमन गर्दा यस्तो पाइएको हो । होटल संचालकले सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाएर ठगि गरेको भनी हेलो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा होटलले सरसफाईमा ध्यान नदिएको, खानेपानीको शुद्धतामा ध्यान नदिएको र फोहोर भान्छामा खाना पकाएर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिएको पाइएको छ । यसक्रममा रामनगरमा रहेको होटल मनकामनालाई बन्द गराइएको र अन्यलाई सचेत गराईएको कार्यालयका प्रमुख बिक्की राउतले जानकारी दिए ।

अनुगमन टोलीले रामनगरका आधा दर्जन भन्दा बढी होटलहरुमा रहेको म्याद सकिएका पेय पदार्थ नष्ट गरेको छ । होटलको पानी ट्यांकीभित्र गुट्खा, चाउचाउ बिस्कुटको खोल, पानीका बोतल, दाँत माझ्ने ब्रसदेखि अन्य फोहोरजन्य वस्तुहरु समेत फेला परेको छ । अनुगमनका क्रममा सबैजसो होटलको भान्छा घर फोहोरो भेटिएको, भाँडा माझ्ने ठाउँ र त्यहाँको फोहोर उचित व्यवस्थापन नगरिएको तथा खानाको मुल्य अनुसारको गुणस्तर नभेटिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुसालले जानकारी दिए ।

सबै होटलहरुले खानेपानी शुद्धतामा समेत कुनै ख्याल नगरेको पाइएको छ । सबैलाई भान्सा व्यवस्थापन र खानेपानीको फिल्टर जडान गरी तीन दिन भित्र कार्यालयमा आउन निर्देशन दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);