विदेशीले लिएकाे करिब साढे ३ सय नेपाली नागरिकता रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशीले लिएकाे करिब साढे ३ सय नेपाली नागरिकता रद्द

nagarikata

काठमाडौं, २३ माघ । विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको बताए ।

नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै हुन्छ । यसका लागि नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ । मन्त्रिपरिषद्को बैठकले आवश्यक ठाने उक्त नागरिकता रद्द गर्न सक्छ ।

प्रवक्ता सुवेदीले भने, ‘नागरिकता रद्द गृहले गर्ने होइन, परेको उजुरीलाई मन्त्रिपरिषद् बैठकमा पेस मात्रै गर्ने हो । उक्त नागरिकता रद्द गर्ने हो या होइन, त्यसको निर्णय मन्त्रिपरिषद् बैठकले गर्छ । अहिले जति पनि नागरिकता रद्द गरिएका छन्, सबै मन्त्रिपरिषद् बैठकबाटै भएका हुन् ।’ याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);