आमासँगै बजार डुल्ने केटो मारियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आमासँगै बजार डुल्ने केटो मारियो

ak sige gaida keto

काठमाडौं, २३ माघ । बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा (केटो) महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो ।

आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

साताअघि (माघ १४) केटो नगरवनमै मृत भेटियो । डिभिजन वनका चितवन प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार बच्चाको करङ भाँचिएको थियो । तीन ठाउँमा चोट छ । मुखमा पनि चोट थियो जसले गर्दा दूध खानसमेत नमिल्ने भएको थियो । ‘भाले गैंडाको आक्रमणमा केटो मारिएको हो ।’ उनले भने । चितवन निकुञ्ज र आसपास दुर्लभ गैंडा मर्न थालेका छन् । केटोको नियति पनि त्यस्तै भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);