ग्यास्ट्रिकबाट बच्ने केही उपाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ग्यास्ट्रिकबाट बच्ने केही उपाय

gyastik

काठमाडौं, २३ माघ । लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ ।

– ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ ।

– धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न ।

– बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ ।

– बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ ।

– पेटमा धेरै ग्यास भएका वेला कागती–पानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन ।

– ग्यास्ट्रिकले बढी नै सतायो भन्दै दुखाइ कम गर्ने औषधि खाने गरिन्छ । जथाभावी औषधि सेवन गर्दा साइड इफेक्ट हुने सम्भावना हुन्छ ।

याे सामग्री नयाँ पत्रिकाबाट लिएकाे हाे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);