सोनाम ल्होछार विभिन्न कार्यक्रम गरी मनाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सोनाम ल्होछार विभिन्न कार्यक्रम गरी मनाईयो

sonam lhosar

काठमाडौं, २२ माघ । मंगलवार तामाङ समुदायले २८ सय ५५औं ल्होछार पर्व तथा नयाँ बर्ष मनाएका छन । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले कुकुर वर्षलाई विदाई गरी मंगलवारदेखि सुँगुर वर्षलाई स्वागत गरेका छन् ।

ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो । ल्होसारको अवसरमा तामाङ समुदायले राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरेका छन । उक्त अवसरमा बिभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

सोमवारबाटै ल्होसाार सुरु भए पनि मंगलवार मुख्य दिन घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।