कम्युनिष्ट सरकार गैरजिम्मेबार बन्दै गएको गगन थापाकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

कम्युनिष्ट सरकार गैरजिम्मेबार बन्दै गएको गगन थापाकाे आरोप

काठमाडौं, २१ माघ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले कम्युनिष्ट सरकार गैरजिम्मेबार बन्दै गएको आरोप लगाएका छन् । नेपाली काँग्रेस जिल्ला समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् । नेता थापाले देशमा व्याप्त भ्रष्टाचार र अनियमितताका विषयमा सरकारले चाँसो नै दिन छोडेको टिप्पणी गरे ।

नेपाल सरकारले संसदलाई एउटा मन्त्रालय जस्तो बनाएको र सभामुख संसदको नेता नभएर कम्युनिष्ट पार्टीको कार्यकर्ता जस्तो भएको आरोप लगाए । सरकार बिरुद्ध कांग्रेसले गरेको बिरोधसभामा नेता थापालाई नेविसंघ कास्कीका कार्यकरर्ताले कालो झण्डा प्रदर्शन गरेका थिए ।

नेविसंघले पोखरामा गाडीमा आगो लगाएको विषयमा विरोध गरेका कारण थापालाई नेविससंघले कालोझण्डा देखाएको हो । यसअघि पोखराको पृथ्वीचोकबाट सुरु भएको विशाल विरोध -याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा पुगेर सभामा परिणत भएको थियो ।