शक्तिशाली राष्ट्रसँग सम्बन्ध सुधारौँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शक्तिशाली राष्ट्रसँग सम्बन्ध सुधारौँ

pradhanmantri tatha mantri karyalay

काठमाडौं, २० माघ । नेपालका केही नेताका वैचारिक मतैक्यताबाहेक खासै साइनो नभएको मुलुकको विषयलाई लिएर ‘अकारण’ पुरानो एवं ठूलो दातृमुलुकसँग सम्बन्ध नविर्गान विज्ञले राजनीतिक दल एवं सरकारलाई सुझाव दिएका छन् ।

नेपालको कूटनीति पछिल्लो समय छिमेक केन्द्रित नै छ भन्नेलाई बल पुग्ने गरी धारणा आउनुले अमेरिकासँग सम्बन्ध सुधार गरेको संकेतलाई गर्भमा नै तुहाउनु हो । सम्बन्धलाई राजनीतिक रूपमा नविकरण गरेको दुई महिना नहुँदै शक्ति मुलुकसँगको सम्बन्ध संकटमा परेको छ । सम्बन्ध संकटमा पर्नुको कारण ‘नेताको बोली र वैचारिक मतैक्यता’ बनेको छ । जनतलाई शब्दजालले अलमल्याउने बानी परिसकेका नेताले विदेशी मित्रराष्ट्रलाई पनि त्यही ढंगले सम्बोधन गर्न खोज्दा यस्तो समस्या आएको बुझाइ कुटनीति क्षेत्रका जानकारको छ ।

भेनेजुएला भित्रको मानवीय संकटको साथै पछिल्लो राजनीतिक प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले युद्धकालीन धङधङीमै अडेर वक्तव्य दिँदा नेपाल–अमेरिका सम्बन्ध अहिले पेचिलो बनेको छ । नेपालको पुरानो विकास साझेदारका रूपमा रहेको शक्ति मुलुक अमेरिकाले विश्व सहायतामा गरिरहेको कटौतिमासमेत मिलिनियम च्यालेन्ज कर्पोरेसन्स (एमसीसी)मार्फत अहिलेसम्मकै ठूलो दुईपक्षीय अनुदान सहयोग सम्झौता गरेको छ । यो समाचार अन्नपूर्ण दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);