राजनीतिज्ञ र कर्मचारीबीचको सम्वन्ध सुध्रन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

राजनीतिज्ञ र कर्मचारीबीचको सम्वन्ध सुध्रन सकेन

karmachari

सीता शर्मा
काठमाडौं, ३२ साउन । राष्ट्र र नागरिकको हितमा काम गर्नु राजनीति र प्रशासन दुवैको दायित्व हो । तर पनि फरक जिम्मेवारी तथा स्वार्थका कारण राजनीति र प्रशासनलाई अलग–अलग प्रवृत्तिले हेर्ने गरीएको छ ।

राजनीतिज्ञले आफ्नो नीति र सिद्धान्त अनूरुप शासन गर्ने र प्रशासकले राजनीतिज्ञको सिद्धान्त अनुरुप आएका नीति र कार्यक्रमलाई सञ्चालन गर्ने पद्धती रहेको छ ।

तर नेपालमा एकअर्कासंग अन्तरसम्बन्धीत रहेका राजनीतिज्ञ र प्रशासक अर्थात कर्मचारी बिचको सम्बन्ध राम्रो हुन सकेको छैन । जसले गर्दा बेला बेलामा राजनीतिज्ञहरुले कर्मचारीबाट सहयोग नभएको आरोप लगाउने गरेका छन् ।

सरकार परीवर्तन संगसंगै कर्मचारी फेरबदल गर्ने राजनीतिज्ञहरुको परीपाटीले नेपाली प्रशासनलाई विगारेको जानकारहरुको भनाई छ । क्षमता र योग्यता नहेरी आफ्नो दलनिकटका कर्मचारीलाई मात्र विश्वासमा लिने राजनीतिक दलको प्रवृतिले कर्मचारीतन्त्र र राजनीतिज्ञ बिचको सम्बन्ध बिगारेको पूर्व प्रशासकहरुको बुझाई छ ।

पछिल्लो समय त राजनीतिज्ञ र प्रसाशकहरुको समन्वय नहुँदा सरकारका निर्णयहरु नै विवादित बन्दै आएका छन् । सरकार सम्हालेकादेखि सरकारको प्रतिनिधित्व गरीरहेका दलका शीर्ष नेताहरुबाटै कर्मचारीले असहयोग गरेको, सुचना लुकाएको, दस्तावेज हराएको जस्ता आरोप कर्मचारीतन्त्रमाथि लाग्दै आएको छ । जसले कर्मचारी माथी राजनीतिज्ञको विश्वास नभएको स्ष्पट देखिएको छ ।

जनता र राष्ट्रको हितका कुनै पनि कार्यक्रम लागू गर्ने सन्दर्भमा सरकारको आदेश पालना गर्नु कर्मचारी प्रशासनको दायित्व, जिम्मेवारी र धर्म हो । तर त्यहि धर्म अनुसार काम गरीरहेका कर्मचारीलाई दलगत पृष्ठभुमिबाट हेरेर व्यवहार गरिँदा राजनीतिज्ञ र कर्मचारीतन्त्रबीच अनमेलको अवस्था सिर्जना भएको छ ।

जबसम्म राजनीतिक दलका भातृसंगठन जस्ता ट्रेड युनीयनहरु खारेज हुँदैनन् तबसम्म राजनीतिज्ञ र कर्मचारीबिचको सम्बन्ध सुधार नहुने पूर्वसचिव युवराज शर्माको बुझाई छ

सरकारले अगाडी सारेका नीति तथा कार्यक्रम न त कर्मचारीतन्त्र बिना सम्भव छ न त राजनीतिज्ञ बिना नै । त्यसैले एकै सिक्काका दुई पाटो जस्तो सम्बन्ध भएको राजनीतिज्ञ र कर्मचारीतन्त्र बिचको सम्बन्ध नसुधारेसम्म विकासका साथै प्रशासनीक गतिविधी प्रभावकारी हुन सक्दैन ।

सम्बन्ध यस्तै रहे नियन्त्रण गर्न नसकिएको भ्रष्टाचारको कारणमा राजनीतिज्ञले कर्मचारीतन्त्रलाई आरोप लगाउने र कर्मचारीतन्त्रले राजनीतिज्ञलाई आरोप लगाउने स्थिति रहिरहन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);