राज्यको निर्देशक सिद्धान्तको कार्यविधीको टुंगो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राज्यको निर्देशक सिद्धान्तको कार्यविधीको टुंगो

काठमाडौं, १० पुस । राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिले आफ्नो कार्यविधीलाई टुंगो लगाएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले संविधानको धारा ५४ अनुसार काम गर्ने गरि कार्यविधिलाई टुंगो लगाएको हो ।

नेपालको संविधान २०७२ को भाग ४ मा राज्यको निर्देशक सिद्धान्त नीति तथा दायित्वको व्यवस्था गरिएको छ । त्यसैगरी धारा ५४ मा राज्यको निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रगतिशिल कार्यान्वय भए नभएको अनुगमन र मुल्यांकन गर्ने संघीय संसदमा समिति रहने व्यवस्था गरिएको छ ।

समितिको बैठकले पारित गरेको कार्यविधिमा मुख्य गरी सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन र राज्यको निर्देशक सिद्धान्त नीति अनुसार आफ्नो दायित्व पुरा गरे नगरेको अनुगमन गर्न समितिले विज्ञ र सरोकारवालाहरु संग नियमित छलफल र परामर्श गर्ने व्यवस्था गरिएको छ ।

समितिलाई संविधानको एउटा सिंगै भागको कार्यान्वयनको अवस्थाको अनुगमन गर्न दिईएको छ । तर धेरै समितिहरु गठन भएर क्रियाशील हुँदा यो समितिले भर्रखर कार्यविधी बनाएको छ । यो समिति दुवै सदनका सांसद सदस्यहरु रहेको संयुक्त समिति हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);