कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरण गर्न लघु विमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरण गर्न लघु विमा

yuwaraj khatiwada

काठमाडौं, १७ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु विमा कम्पनी खोलेर लघु विमा कार्यक्रम संचालन गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । उनले सहकारी संस्थाहरुलाई लघु विमा कार्यक्रम संचालन गर्नका लागि सरकारले आवश्यक नीति, कानुन निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपाल कृषि सहकारी केन्द्रिय संघले बिहिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूँजी, प्रविधि र प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा जोखिम हुने गरेको उल्लेख गरे । उनले त्यसलाई रोक्न सरकारले पशु र कृषिमा लघु विमा कार्यक्रम संचालन गरेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी बस्तुहरुको उत्पादन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);