आज शहीद दिवस, शहीदको सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आज शहीद दिवस, शहीदको सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै

sahid

काठमाडौं, १६ माघ । आज माघ १६ अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ ।

विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

शहीद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने छ । हरेक बर्ष माघ १० देखि १६ गते सम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);