कपिलवस्तु, १४ माघ । कपिलवस्तुको सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा क्वारेन्टाइनका लागि कृष्णनगर तथा भैरहवा सम्म पुग्नु पर्ने बाध्यता रहेको छ । ८० प्रतिशतभन्दा बढी कृषिजन्य सामानबाट राजस्व उठ्ने गरेको सुठौली भन्सार नाकामा अहिले सम्म क्वारेन्टाईन कार्यालय नहुँदा ब्यापारी र भन्सार कर्मचारी दुबैलाई समस्या परेको हो ।
चार महिना अघि स्तरोन्ती भएको सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा क्वारेन्टाइनका लागि कृष्णनगर तथा भैरहवा सम्म पुग्नु पर्ने बाध्यता रहेको छ । ८० प्रतिशतभन्दा बढी कृषिजन्य सामानबाट राजस्व उठ्ने गरेको सुठौली भन्सार नाकामा अहिले सम्म क्वारेन्टाईन कार्यालय नहुँदा ब्यापारी र भन्सार कर्मचारी दुबैलाई समस्या परेको हो ।
सुठौलीमा खाद्य र पशु क्वारेन्टाईनको स्थापना हुन नसक्दा तौलिहवा मर्यादपुर सडकखण्डमा घन्टौँ सम्म नेपाल भित्रिने मालबाहक सवारीको लामो लाईन लाग्ने गरेको छ । नेपाल प्रवेश गर्ने मालबाहक सवारी साधनको क्वारेन्टाईन प्रक्रिया कै लागि ५-७ घण्टा लाग्नु पर्ने हुदाँ सडकमै सवारी साधन पार्किङ्ग गर्नु पर्ने समस्याले आवागमन समेत प्रभावित हुने गरेको छ ।
हाल मकै र सोया डियोसी लगायतको क्वारेन्टाईन कृष्णनगर स्थित क्वारेन्टाईन कार्यालय तथा तरकारी फलफुलको क्वारेन्टाइन क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट क्वारेन्टाईन पास दिईदै आएको छ ।
व्यवसायीहरुले भंसारको स्थापना भए पनि पशु क्वारेन्टाईन गर्न कृष्णनगर र खाद्यान्नको क्वारेन्टाईनका लागि क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा पुग्न बाध्य हुनु परेको गुनासो गरेका छन् ।
क्वारेटाइन कार्यालयको अभावले भन्सारको सेवा सुविधालाई नै सुस्त त बनाएकै छ त्यसका अतिरिक्त स्थानीय व्यावसायीहरुको सामाग्री उचित समयमा बजारमा पुग्न नपाउँदा उनीहरुको लगानी समेत जोखिममा पर्ने ब्यवसायीको भनाई छ ।