चीनका लागि क्यानेडेली राजदुत म्याकलम वर्खास्त | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

चीनका लागि क्यानेडेली राजदुत म्याकलम वर्खास्त

एजेन्सी, १३ माघ । चीनका लागि क्यानेडेली राजदुत जन म्याकलमलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बर्खास्त गरेका छन् । क्यानडामा पक्राउ परेकी हुआवेका वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिए लगत्तै ती राजदूतलाई प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् ।

चनियाँ टेलिकम तथा मोबाइल कम्पनी हुवाईका संस्थापककी छोरी तथा कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वान्खाको पक्राउ तथा त्यसपछिको अवस्थाकाबारेमा गरेको विवादास्पद टिप्पणीका कारण चीनका लागि क्यानेडेली राजदुत म्याकालम बर्खास्त भएका छन।

उनलाई क्यानेडेली प्रधानमन्त्रीले एक वक्तव्य जारी गरेर आफुले पद छोड्न गरेको आग्रह अनुसार उनले राजिनामा दिएको र त्यसलाई आफुले स्विकार गरेको जनाएका छन् । यसअघि अमेरिकाको अनुरोधमा हुवाईका संस्थापककी छोरीलाई क्यानडामा पक्राउ गरिएको थियो ।

उनको पक्राउपछि क्यानडा र चीनको सम्वन्ध विग्रिएको छ । दुई देशबीचको सम्वन्ध राम्रो नभएको समयमा राजदुत म्याकालमले विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई वर्खास्त गरिएको हो ।

म्याककुलमले सार्वजनिक रूपमै अमेरिकाले गरिरहेको सुपुर्दगीको अनुरोधमा गम्भीर त्रुटी रहेको टिप्पणी गरेपछि पछिल्लो विवाद उत्पन्न भएको थियो । जसका कारण उनले आफ्नो पदीय जिम्मेवारी गुमाउन पुगेका छन् ।

मेङ्गको पक्राउपछि क्यानडा र चीनको सम्वन्धमा समेत दुरी वढ्दै गएको छ । चीन र क्यानडाबीचको सम्बन्ध बिग्रँदै गर्दा चीनले यसै महिना एक क्यानडेली पुरुषलाई मृत्युदण्ड सुनाएको थियो ।

त्यहाँको अदालतले उनलाई यसअघि सुनाइएको १५ वर्षको कैद सजाय अपुग भन्दै त्यसो गरेको हो । अन्य दुई क्यानडेलीलाई पनि पक्राउ गरिएको बताइएको छ । यी पक्राउ मङ्गको पक्राउको बदलास्वरूप गरिएका विश्लेषकहरुले बताएका छन् ।

तर चीनले भने यस्तो कार्य वदला स्वरुप नगरिएको भन्दै त्यसलाई अस्वीकार गर्दै आएको छ । । यसबीच मङ्गको सुपुर्दगीसम्बन्धी अमेरिकाले औपचारिक निवेदन गर्न लागेको ठानिएको छ । चिनियाँ अधिकारीहरूले अमेरिकालाई त्यसो नगर्न भनिरहेका छन् ।

गत महिना एक क्यानडेली अदालतले मङ्गलाई जमानतमा रिहा गरिसकेको छ । टेलिकम कम्पनी हुवाई र स्काइकमबीचको सम्बन्धका बारेमा गम्भीर आरोप रहेको क्यानडामा सुनुवाईको क्रममा देखिएको थियो ।

हुवाई र स्काइकमले इरानमा व्यवसाय गरिरहेको छ । मेङ्गले सुनुवाईको क्रममा दुई कम्पनी भिन्दा भिन्दै रहेको बताएकी थिइन् । तर अमेरिकाले भने हुवाई र स्काइकम सम्बन्धित रहेको बताएको छ ।

यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले उल्लंघन भएको अमेरिकी दाबी रहेको छ । मेङ्ग पक्राउ परेको केही दिनमै धरौटीमा रिहा भइसकेकी छन् । तर यसले क्यानडा र चीनको सम्बन्धमा टकरावको अवस्था ल्याएको छ ।

गत डिसेम्वर १ मा पक्राउ परेकी मेङ्ग धरौटीमा रिहा भैसकेको भएपनि उनको पक्राउ पछि अमेरिका, चीन र क्यानडाकाबीचमा यस प्रकरणले समस्या ल्याउँदै आएको छ । जसको फलस्वरुप चीनका लागि क्यानेडेली राजदुत जन म्याकलमले समेत आफ्नो पद गुमाउन पुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);