परराष्ट्र नीति अपडेट गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

परराष्ट्र नीति अपडेट गर्न सरकारलाई निर्देशन

foreign ministry

काठमाडौँ, १९ असोज । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले परराष्ट्र नीति अपडेट गर्न सरकारलाई निर्देशन दिने भएको छ ।

समिति अन्तरगतको परराष्ट्र मामिला अध्ययन उपसमितिको बिहीबार बसेको बैठकले परराष्ट्र नीति अपडेट गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसबारे सरकारलाई आवश्यक निर्देशन दिने निर्णय गरेको हो ।

चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल र अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्की तथा परराष्ट्रवीद्हरुसँग छलफल गरेपछि उपसमिति परराष्ट्र नीति अपडेट गर्न सरकारलाई निर्देशन दिने निष्कर्षमा पुगेको हो।

३० वर्ष अघिको संयन्त्र लिएर परराष्ट्र सम्बन्ध अघि बढाउन नसक्ने चीन र अमेरिकाका लागि गएका राजदुतहरुले सुझाव दिएकाले सोही अनुसार परराष्ट्र नीति अपडेट गर्न सरकारलाई निर्देशन दिने निष्कर्षमा पुगिएको उपसमितिका संयोजक श्यामकुमार श्रेष्ठले जानकारी दिए ।

उपसमितिको बैठकमा चीनका लागि नेपाली राजदुत पौडेल, अमेरिकाका लागि नेपाली राजदुत कार्कीले दुवै मुलुकले नेपाललाई उच्च प्राथमिकता दिएपनि सोही अनुसारको नेपालको तयारी नहुँदा समस्या आउने गरेको जानकारी गराएका थिए ।

दुवै मुलुकले नेपाली बस्तुका लागि भन्सार फ्रिको व्यवस्था गरेपनि नेपालले उत्पादन गर्न नसक्दा सो अवसरबाट फाईदा लिन सक्ने अवस्था नरहेको बैठकमा राजदुतहरुको भनाई रहेको उपसमितिका संयोजक श्रेष्ठले बताए । संसदीय समितिले पहिलो पटक परराष्ट्र नीति अपडेट गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);