प्रधानमन्त्री ओली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

pm oli bye

काठमाडौं, १२ माघ । स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिवार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीले स्वदेश फर्कने क्रममा विमानस्थलमा संचारकर्मीहरुसंँग कुरा गर्दै कानुनभन्दा माथि कोही नभएकोले डाक्टर गोविन्द केसीसहित सबैले मर्यादा बस्नुपर्ने बताए ।

विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर स्वदेश फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानुनभन्दा माथि कोहीपनि माथि हुन नसक्ने भन्दै अनसनरत डाक्टर गोविन्द केसीको बिषयमा धेरै चिन्तित हुनु आवश्यक नरहेको बताए । सरकार कानुन र प्रकृयाबाट अगाडि बढ्ने दावी गर्दै तीन करोड नेपालीमा डाक्टर केसीजस्ता केहि व्यक्तिको असन्तुष्टिलाई स्वभाविक रुपमा लिनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।

संवाद र सहकार्यबाट समस्या सामधान गर्नुपर्ने पक्षमा आफूरहेको भन्दै प्रधानमन्त्री ओलीले सबैले आआफ्नो मर्यादामा बस्नुपर्ने बताए । लोकतन्त्रमा विरोध र समर्थन गर्ने अधिकार सबैलाई हुने भन्दै चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित भइसकेकाले त्यसमाहुने विरोधको अर्थ नहुने बताए ।

प्रेसजगतप्रति समेत आक्रामक देखिएका प्रधानमन्त्रीले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै प्रेस जगतपनि मर्यादित हुनुपर्ने बताए । प्रेसको अधिकार कटौति गर्ने मनसाय सरकारको नभएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरे ।

प्रधानमन्त्रीको स्वदेश फर्कने क्रममा नेपाल विद्यार्थी संघले विमानस्थगलभित्रै प्रवेश गरि कालो झण्डा प्रदर्शन गरेको थियो । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको लिएको छ ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, विभिन्न मन्त्री, सांसद, सरकारी उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।

विश्व आर्थिक मञ्चको बैठकमा नेपालले सहभागिता जनाएको यो पहिलो पटक हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);