धनुषा, १२ माघ । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने ठाउमा जन्ती बोकेको बसमा एघारसय भोल्टको करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ । सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा शुक्रबार साँझ सवा ७ बजेतिर करेन्ट लागेको हो ।
बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको बताइएको छ ।
मृत्यु हुनेहरुमा सिन्धुली दुधौली जितपुरका रामबाबु अधिकारी, ९ बर्षिय बालक आक्रोष कुँबर,२० बर्षिय युवती पूजा अधिकारी, १७ बर्षिय लिला अधिकारी,१० बर्षिय बालक सुरज अधिकारी र धनुषा सवैला ४ की ५० वर्षिय केसम देवी कुँवर रहेका छन् ।