सुदूरपश्चिमका बिभिन्न जिल्लामा भारी हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुदूरपश्चिमका बिभिन्न जिल्लामा भारी हिमपात

बाजुरा, ८ माघ । बाजुराको सदरमुकाम मार्तडीमा पाँच वर्षपछि हिमपात भएको छ । २०७० साल माघ महिनामा सदरमुकाम मार्तडी बजारमै हिमपात भएको थियो । पाँच वर्षपछि बर्षासंगै सदरमुकाममा हिमपात भएपछि स्थानीय खुशी भएका छन् ।

स्थानीयले हिमपातसंगै सदरमुकाम आसपास क्षेत्रमा लगाईएका हिँउदे बालि गहुँ, जौ र आलु सप्रिने आशा गरेका छन् । वर्षासंगै हिमपात भएपछि स्थानीयहरु घरभित्रै आगो तापेर बसेका छन् । जिल्लाका हिमाली गाउँहरुमा समेत हिमपात भएको छ ।

यसैगरी डडेल्धुरामा पनि हिमपात भएको छ । जिल्लाको साहुखर्क, हगुल्टे लेक, अनारखोली, भालुमारे, भातकाँडा, चिरकिट्टे लगायतका गाउँमा करिव २ फिट जति हिमपात भएको छ । जिल्ला सदरमुकाममा भने हल्का हिमपात भएको छ।

साहु खर्क र अनारखोलीमा भएको भारी हिमपातका कारण सोमवार राती देखी अवरुद्ध भएको भिमदत्त राजमार्ग र दशरथ चन्द राजमार्ग १५ घण्टा पछि सुचारु भएको छ । राजमार्ग सुचारुसंगैबीच बाटोमै रोकिएका यातायातका सवारी साधन संचालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । हिमपातले स्थानीयको जनजीवन समेत प्रभाबित भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);