अप्सरा गौतम
काठमाडौं, ८ माघ । २० वर्ष अघि निर्माण सुरु गरीएको मेलम्ची खानेपानी परियोजना अन्यौलमा परेको छ । खानेपानी मन्त्री विना मगरले दुई महिनामा पानी उपत्यकामा आउने दावी गरीरहँदा सरकारले ठेकेदार कम्पनीको ठेक्का सम्झौंता तोड्ने प्रक्रिया अघि बढाएको छ । समय समयमा विभिन्न बाहानामा निर्माण कार्य गति लिन नसक्दा राजधानीवासीको मेलम्चीको पानी पिउने सपना अधुरो हुदैँ आएको छ ।
मेलम्ची खानेपानी परियोजना फेरी अन्यौलमा परेको छ । मेलम्ची परियोजना सम्पन्न हुन दुई साता मात्र वाकी छ भनेर खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले बताएको दुई साता नपुग्दै ठेकेदार कम्पनी नेपाल छाडेर गएपछि यो परियोजना कसरी पुरा होला भन्ने नया बहश प्रारम्भ भईरहेका बेला सरकारले सिएमसि कम्पनी संग गरेको ठेक्का सम्झौंता रद्ध गर्ने तयारी थालेको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा अलपत्र पारेर हिँडेको सिएमसी कम्पनी सम्पर्कमा नआएपछि सरकारले सम्झौता पत्रमा राखिएको प्रावधान बमोजिम ठेक्का सम्झौंता तोड्न १४ दिने सूचना जारी गरेको छ । सो आयोजनाको सुरु निर्माणको ठेक्का सम्झौताको बूँदा नम्बर १५ को २ मा ठेक्का सम्झौंता बमोजिम काम नगरेमा १४ दिने सूचना जारी गरेर ठेक्का सम्झौंता खारेज गर्न सकिने प्रावधान राखिएको छ । सोही प्रावधानलाई टेकेर सो कम्पनीसँगको ठेक्का सम्झौंता तोड्न १४ दिने सूचना जारी गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
मेलम्ची परियोजनामा मेलम्ची देखि सुन्दरीजलसम्म २७ किलोमिटर सुरुङ खन्ने जिम्मेवारी पाएको इटालियन कम्पनी सिएएमसी काम छोडेर हिडेपछि मेलम्ची अलपत्र बनेको हो । यस खण्डमा ७ प्रतिशत मात्र काम वाँकी रहेको बेलामा ठेकेदार कम्पनीले काम छोडेको हो । २०५६सालमा मेलम्ची खानेपानी परियोजना निर्माण आरम्भ गरिएको हो । निर्माण सुरु भएको २० बर्षपछि पानी आउला भनेर बसेका राजधानीवासी सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौंता तोड्ने प्रक्रिया अघि बढाए पछि निरास बनेका छन् ।
मेलम्ची खानेपानी परियोजना निर्माण आरम्भ भएको २० बर्षसम्म पनि उपत्यका वासीको मेलम्चीको पानी खाने आस पुरा भएको छैन । यो वा त्यो वहानामा पर सर्दै आएको मेलच्ची खानेपानी आयोजनाको निर्माण सिएमसी संगको सभ्झौता भंग भएपछि कसरी अगाडी वढ्छ, आयोजना निर्माणका लागि नयाँ कम्पनीसंग सम्झौता गर्न कति लामो समय कुनुपर्ला? आम चासोको विषय वनेको छ ।




