फाइल तस्बिर
चितवन, १४ भदौ । भरतपुरमा आफ्नै छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा छोराको कुटाइबाट आमाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४५ वर्षीया सविता दरैलाई २० वर्षका आफ्नै छोराले बाँधेर कुटपिट गर्दा उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
आमाले मादकपदार्थ सेवन गर्ने गरेकाले सुधार्न भन्दै बाँधेर कुचो र हातले कुटपिट गरेको छोरा आशिषले प्रहरी समक्ष बयान दिएका छन् ।आमालाई कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।