काठमाडौं, ७ माघ । सञ्चारकर्मी रवि लामिछानेले कानुनी रूपमा दोस्रो विवाह गरेका छन् । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग उनले दोस्रो विवाह गरेका हुन् । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको रवि लामिछानेले आफ्नो ट्वीटरबाट जानकारी गराएका छन् ।
रवि लामिछाने र निकिता पौडेल दुवै विवाहित महिला र पुरुष हुन् । रविले केही समयअघि श्रीमतीसँग डिभोर्स गरेका थिए । उनीे २५ वर्ष लामो वैवाहिक जीवनबाट अलग भएका थिए । रवि लामिछाने २ छोरीका बाबु हुन् । यसैगरी रविले विदेशी महिलासँगको सम्वन्धबाट एक छोरा जन्माएको पनि स्विकार गर्दै आएका छन् ।
निकिता पनि विवाहित महिला हुन् । उनले पूर्व पतिसँग डिभोर्स गरेर बसेकी थिइन् । निकिता एक छोरीकी आमा हुन् । उनले यस अघि नै छोरी जन्माएकी छन् । काठमाडौं जिल्ला अदालतमा पुगेर ‘कोर्ट म्यारिज’ गरेका रविले परम्परागत रुपमा आउँदो वैशाखमा विवाह गर्ने जनाएका छन् ।
रवि लामिछानेले आफ्नो ट्वीटरमा विवाहका बारेमा लेखेका शब्द उनकै भाषामा
आ-आफ्ना परिवारसङको अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना थिएन त्यसैले हाम्रो भोगाई र अरुको सोचाइ नमिल्न सक्छ।हामी यो निर्णयबाट एकदमै खुशी छौ।आज चाहिँ हामी सबैबाट एउटै कुरा चाहन्छौं,आशिर्वाद। pic.twitter.com/scoVXGtD0Q
— Rabi Lamich2ane (@hamrorabi) January 21, 2019
विवाहका बारेमा रविको फेसबुक स्टाटस