स्पेनिस ला लिगा: रियल मड्रिड विजयी, तेस्रो स्थानमा उक्लिन सफल | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

स्पेनिस ला लिगा: रियल मड्रिड विजयी, तेस्रो स्थानमा उक्लिन सफल

medria

काठमाडौं, ६ माघ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे । जितसँगै रियाल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया चौथो स्थानमा झरेको छ । ला लिगा अन्तर्गत गए राति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले हराउँदा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो ।

गए रातिका खेलपछि ला लिग फुटबलको अंक तालिकामा बार्सिलोनाको अग्रता कायमै छ । १९ खेलबाट उसको ४३ अंक छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने रियाल मड्रिडको ३६ अंक छ । बार्सिलोनाले आज राति लेगानेजसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);