तलब बिना अढाई वर्षदेखि पढाउँदै शिक्षक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तलब बिना अढाई वर्षदेखि पढाउँदै शिक्षक

teacher

झापा, ६ माघ । तीर्थ भु्जेल २०७२ सालमा झापाको गौरा दह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला सो विद्यालयमा विद्यार्थी संख्या १७ मात्रै थियो । विद्यालय मर्जर हुनबाट जोगाउने भन्दै माथिल्लो निकायमा पठाएको विवरणमा भने विद्यार्थीको संख्या ५१ उल्लेख गरे ।

२०७३ सालको शैक्षिक सत्रको सुरुवातसँगै उनी शिक्षकको टोली बनाएर विद्यार्थी जुटाउने अभियानमा जुटे । नभन्दै विद्यार्थी संख्या बढेर ४० पुग्यो । क्रमिक रुपमा विद्यार्थी संख्या बढ्दै जाँदा यतिखेर ८१ विद्यार्थी छन् ।

मिहिनेतको कदर गर्दै समुदायले भुजेललाई प्रधानध्यापकको जिम्मेवारी दियो । तर, विद्यार्थीको चापसँगै निजी स्रोतबाट राखिएका शिक्षकलाई अढाई वर्षदेखि तलब दिन नसक्दा उनी चिन्तित छन् । यो समाचार आजको नागरिक दैनिकबाट लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);