महानायक हमाल भन्छन् : 'ग्रेसफुल एक्जिट'को बारेमा सोचिरहेको छु (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाण्डौँ, १४ भदौ । कुनै बेला एक छत्र नेपाली चलचित्र नगरीमा राज गरेका महानायक राजेश हमाल पछिल्लो समय फिल्मबाट गुमनाम जस्तै छन् ।

 

सामाजिक कार्यसँगै वैवाहिक जीवनमा रमाईरहेका हमालले एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘दिशानिर्देश’ मा आफू जीवनको तेस्रो घुम्तीमा रहेको बताएका छन् ।

 

जीवनको तेस्रो घुम्ती बारे परिभाषित गर्दै उनले यो क्लाईमेक्स याक्ट भएको सम्मानजनक एक्जिट निकाश कसरी गर्ने तर्फ आफ्नो सोच रहेको संकेत गरेका छन् ।

 

अन्तर्वार्ताकै क्रममा उनले भनेका छन् – ‘समय अनुसार आफूलाई परिस्कृत गर्दै जीवनको हरेक घुम्तीमा आनन्द उठाउन सक्नुपर्छ । म जीवनको तेस्रो घुम्तीमा ग्रेसफुल एक्जिटको बारेमा सोचिरहेको छु ।’

 

 

विहे कहिले भन्ने प्रश्नबाट लामो समयपछि मुक्ति पाएका हमालले बुबा कहिले बन्ने भन्ने प्रश्न झेलिरहेका छन् । श्रीमती मधु भट्टराईसँग वैवाहिक जीवन बिताईरहेका हमालले आफूहरु अझै दुईजनाको व्यक्तिगत जिन्दगी जिउन चाहेको र बच्चाको योजनामा नभएको बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);