आज एक्काइसौ राष्ट्रिय भूकम्प दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज एक्काइसौ राष्ट्रिय भूकम्प दिवस मनाइयो

ram bahadur

काठमाण्डौ, २ माघ । एक्काइसौ राष्ट्रिय भूकम्प सुरक्षा दिवस बिबिध कार्यक्रम गरि मनाइएको छ ।

‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ प्रतिवद्ध रहेको सन्देश दिँदै राष्ट्रिय भुकम्प दिवस मनाइएको हो । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस काठमाडौं लगायतका देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको हो ।

सोही अवसर पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट हुने धनजनको क्षति हुन नदिन सरकारले कानुनी र प्राविधिक दुवै पक्षलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । भूकम्प लगायतका प्राकृतिक विपत्तिबाट धनजनको क्षति हुन नदिन संघ, प्रदेश र स्थानीय सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका भवनहरुको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट धनजनको क्षति नहुने गरी भवनहरुको निर्माण गर्न सन्देश दिने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाइएको बताए । उनले भूकम्पबाट पुनः क्षति व्यहोर्नु नपरोस् भनेर महानगरपालिकाले भूकम्प प्रतिरोधि भवन निर्माणका लागि अभियाननै संचालन गरिरहेको उल्लेख गरे ।

विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पले ८ हजार ६ सय नागरिकको ज्यान लिएको थियो भने २५ हजारभन्दा बढि नागरिकका घरहरु भत्केका थिए । सोही दिनको स्मरण गर्दै सरकारले २१ वर्ष अघिबाट भूकम्प सुरक्षा दिवस मनाउन सूरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);