काठमाडौं, १ माघ । संघिय समाजवादी फोरम सरकारमा रहेको छ । अहिले सरकारमा संघिय रहेको छ र प्रदेश सरकारमा पनि उहि रहेको छ ।संघिय सरकारमा स्वयम् उपेन्द्र यादव उपप्रधानमन्त्री सहित रहेका छन् । उनी यहाँ मात्र होईन प्रदेश २ मा पनि छन् । तर, प्रदेश २ को कारणले संघिय समाजवादी फोरमले अहिले धेरै चर्को चर्चा र विवादमा पनि रहेको छ ।
एउटा मन्त्रीले सचिवलाई झापड हालेको कुरा नै धेरै चर्चाको शिखरमा पुगेको छ । मन्त्रीले सचिवलाई झापड नै हान्नु पर्ने के कुरा भएछ ?यसरी झापड नै हानेको हो भने देखि मन्त्रीमा कस्तो किसिमको कारवाही होला त ? अथवा सचिवले अर्गाईन गरेको हो भने देखि उनी माथि कस्तो प्रकृतीको कारवाही हुन्छ होला त ? राष्ट्रीय राजनितिमा सरकारमा प्रवेश गरिसकेपछि संघिय समाजवादी फोरमले उठाउँदै आएको संविधानको पुर्नलेखन र त्यसपछि संविधानको संशोधन के यि मुद्दाहरु छाडेको हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संघिय समाजवादी फोरमका नेता शिव जित यादवसँग गरेको कुराकानी हेर्नुहोस् :