एजेन्सी, १४ भदौ । उत्तर कोरियाले जापानको हवाई क्षेत्र हुँदै मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसंघलै मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेको हो । साथै उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम पालना गर्न आग्रहसमेत गरिरएको छ । बैठकअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियामाथि अब गम्भीर कारबाही गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उत्तर कोरियाले मंगलबार जापानको होकाइदो द्वीपमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले सुरक्षा परिषद्को बैठक बोलाउनका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको थियो । उता, उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले भने आफुहरुमाथि प्रतिवन्ध लगाइए थप ब्यालेष्टिक मिसाइल परीक्षण गर्ने चेतावनी दिएका छन् ।
उत्तर कोरियाले पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले सुरक्षा परिषद्को बैठक बोलाउनका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको समुन्द्रमा झरेपछि यस्तो आग्रह गरिएको हो । उत्तर कोरियाले गरेको पछिल्लो यो क्षेप्यास्त्र परिक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्रेलिया र दक्षिण कोरियाले निन्दा गरेको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले यस क्षेप्यास्त्र परिक्षणलाई गम्भीर र खतरनाक चेतावनी भएको बताउँदै संयुक्त राष्ट्र संघको आकस्मिक बैठक बोलाउन आह्वान गरेका हुन् ।
सन् २००९ मा उत्तर कोरियाले गरेको रकेट परिक्षण जापानको आकाशमा गएको थियो । उत्तर कोरियाले गत आठ वर्षयता लगाताररुपमा गर्दै आएको क्षेस्यास्त्र परीक्षणहरु जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो । उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा हान्न सक्ने तीन वटा क्षेप्यास्त्र परक्षिण गरेको थियो ।