काठमाडौं, २३ पुस । बीरगंज भन्सारमा गत आर्थिक बर्षभन्दा चालू आर्थिक बर्षमा आयात र निर्यात दुबैमा उल्लेखनीय बृद्धि भएकोे छ ।
गत आर्थिक बर्षमा भन्दा चालु आर्थिक बर्षको मंसिरसम्ममा आयातमा ३८ प्रतिशतले र निर्यातमा ५१ प्रतिशतले बृद्धि भएको बिरगंज भन्सार कार्यालयले जनाएको छ ।
नेपालबाट जुस, छाला, पसु आहार जस्ता सामग्री निर्यात भएका छन् भने सवारी साधनको पार्टपूर्जा, इन्धन तथा फलामका वस्तुहरुको आयात भएको छ । गत आर्थिक बर्षमा शून्य बराबर निर्यात रहेको पाम आयल अहिले उल्लेखनीय रुपमा निर्यात भएको पनि बीरगंज भन्सार कार्यालयले जनाएको छ ।