संसद पदाधिकारीलाई आठ करोडका गाडी | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

संसद पदाधिकारीलाई आठ करोडका गाडी

bilashi gadi

काठमाडौं, २३ पुस । प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सभामुख, उपसभामुख, विभिन्न विषयत समितिका सभापिति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो ।

अहिले उनीहरु नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन् । अरुबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ ।

गाडी खरिदमा भने प्रदेशसभाले सात करोड ९१ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);