महाकाली राजमार्गको मर्मत कार्य अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महाकाली राजमार्गको मर्मत कार्य अलपत्र

बिमल जैरु
डडेल्धुरा, २२ पुस । सुदूरपश्चिमका पहाडी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग महाकाली राजमार्गलाई रिसोल अर्थात मर्मत गर्ने ठेक्का दिएको दुई वर्ष वित्नै लागेको छ । तर, छ महिना भित्र रिसोल गरिसक्नु पर्नेगरी ठेक्का सम्झौता भएपनि निर्माण व्यवसायीको चरम लापर्वाहीका कारण मर्मत कार्य अलपत्र परेको छ ।

समयमै काम नहुँदा एकतर्फी सडक जिर्ण बन्दै गएको छ । अर्को तर्फ सडक साँघुरो र खाल्टा खुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

२०७३ साल माघ महिनामा भएको ठेक्का सम्झौता अनुसार त्यसको छ महिना अर्थात ७४ सालको साउनभित्र महाकाली राजमार्गकोे ३९ किलोमिटर सडक रिसोल गरिसक्नुपर्ने थियो । तर, दुइ वर्ष वितिसक्दा जम्मा १० किलोमिटर मात्र रिसोलको काम सकिएको छ ।

सडकको आयु बढाउनको लागि रिसोल गर्ने गरिन्छ । डिभिजन सडक कार्यालयले मूल्य अभिवृद्धि करसहित सातकरोड ११ लाख रुपैयाँ भन्दा बढीको लागत रिसोलका लागि राजेन्द्र केएस र आशीष जेभीलाई ठेक्का दिएको थियो ।

म्याद थपका लागि ठेकेदार कम्पनीले निवेदन दिए पनि सडक विभागले त्यसलाई सदर गरेको छैन । डिभिजन सडक कार्यालय कञ्चनपुरका निमित्त प्रमुख ईन्जिनियर खगेन्द्रबहादुर शाहीले काम गर्नका लागि निर्माण कम्पनीलाई पाँच पटकसम्म पत्राचार गर्दा समेत अटेरी गरेको जानकारी दिए ।

समयमै रिसोल नहुँदा यो सडक मात्र जिर्ण बनेको छैन दुर्घटनाको जोखिम पनि बढिरहेको छ । दैनिक हजाराैं यातायातका सवारी साधन संचालन हुने महाकाली राजमार्गमा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);